७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । जुम्लामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हिमा गाउँपालिका-६ राताढुंगा ईमिनछिना बस्ने १९ वर्षीय मान सिहं शाहीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

शाहीले ती बालिकालाई बुधबार ललाई फकाई डर त्रास धम्की दिई जबरजस्ती करणी गरेपछि प्रहरी चौकी बुअ र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?