२०७४, ७ आश्विन शनिवार ०८:११

प्रदेश नम्बर २ को अन्तिम नतिजा आउँदै, यस्तो छ नालीबेली


प्रकाशित मिति : २०७४, ७ आश्विन शनिवार ०८:११

काठमाण्डौं, ७ असोज ।सोमबार सम्पन्न स्थानीय तह निर्वाचनको अब मात्र ३१ स्थानको नतिजा आउन बाँकी रहेको छ । शनिबार साढे १ बजेसम्म १०५ स्थानीय तहको नतिजा आइसकेको छ । जसअनुसार कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, माओवादी केन्द्र १९, राजपा १७, एमाले १२, फोरम लोकतान्त्रिक ३ तथा नयाँ शक्ति र जनता दल १–१ स्थानीय तहमा विजयी भएका छन् ।नतिजा आउन बाँकी ३१ तह मध्ये ८ स्थानमा कांग्रसको अग्रता छ । यस्तै फोरम, माओवादी केन्द्र र राजपाको ५–५ तहमा अग्रता रहँदा एमालेको ७ तहमा अग्रता रहेको छ । यस्तै जनता दलको पनि १ स्थानमा अग्रता रहेको छ ।मत गणना सकिन वीरगन्ज महानगरपालिका र जनकपुर, जीतपुर र सीमरा उपमहानगरपालिकामो समेत बाँकी रहेको छ ।सोमबार प्रदेश नम्बर २ को ८ जिल्लाका १३६ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस