कांग्रेस महामन्त्री खड्काको आरोप: ‘सरकारको कारण हिंसा र भ्रष्टाचारका गतिविधिहरु बढ्यो’ !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको कारणले हत्या, हिंसा, र भ्रष्टाचारका गतिविधिहरु बढिरहेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खडकाले सरकार र सत्तारुढ दलको नेतृत्वमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका गतिविधिहरु भइरहेको बताए । सरकारको रबैया र आन्तरिक खिचातानीका कारण जनताले दुःख पाएको उल्लेख गर्दै महामन्त्री खड्काले सरकारलाई खबरदारी गर्ने कुरामा कांग्रेस कमजोर नरहेको बताए । कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन नसकेको गुनासो रहेपनि कांग्रेसले शान्तिपूर्ण राजनीतिमार्फत सरकारलाई खबरदारी गरिरहेको उनले बताए । महामन्त्री खड्काले सरकारका गलत निर्णय र सत्तारुढ दलको रबैयाले निराशामा रहेका जनतालाई भरोसा दिन तरण दलले काम गर्नुपर्ने बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरुलाई धमाधम पूर्णता दिइरहेका छन् । सभापतिमा निर्वाचित भएको भएको लामो समयसम्म गठन हुन नसकेका विभागलाई देउवाले महाधिवेशन नजिकिँदै गर्दा पूर्णता दिएका हुन् । पार्टी आगामी महाधिवेशनको तयारीमा जुटिरहेका बेला सबै विभागका पदाधिकारीहरु सक्रिय हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?