७ चैत्र २०७९, मंगलवार

काँग्रेस प्रजातान्त्रिक मुल्य मान्यताबाट चल्न सकेन : नेता सिंह

२०७४,आश्विन,७,शनिवार ०७:२६

0
Shares

काठमाण्डौं, ७ असोज ।नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस प्रजातान्त्रिक मूल्य र मान्यताबाट चल्न नसकेको बताएका छन ।नेपाली काँग्रेस काठमाडौँ जिल्ला समितिले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा नेता सिंहले पार्टी विधीसम्मत र नियमसम्मत तरिकाले चल्न नसकेको बताएका हुन ।पूर्व महामन्त्री सिंहले देशको राजधानी काठमाडौँ राजनीतिक क्षेत्रमा आफ्नै महत्व राखेको क्षेत्र भएकाले सबै क्षेत्रमा काँग्रेसलाई जिताउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए ।सिंहले निर्वाचनमा राम्रो नतिजा आए जस लिने र नराम्रो नतिजा आए फलानोले गर्दा त हो नी भनेर उम्कन नमिल्ने बताए ।काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले यो मेरो वा यो तेरो मान्छे भन्दापनि काँग्रेसको मान्छे बनेर निर्वाचनमा गएमात्र काँग्रेसले जित हाँसिल गर्न सक्ने बताए ।निर्वाचनमा पार्टीले तय गरेको उम्मेद्वारको पक्षमा भोट माग्न र जिताउन आम नेता तथा कार्यकर्ता लाग्नुपर्ने उनको भनाई थियो ।काँग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले काँग्रेसले गरेका राम्रा कामहरु आम जनतामाझ लगेर जनताको मन जित्नुपर्ने बेला आएको बताए । उनले निर्वाचन छिटै आउन लागेको भन्दै प्रचारप्रसारमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।नेपाली काँग्रेस काठमाडौँका सभापति सबुज बानियाले प्रदेश र प्रतिनिधीसभाको निर्वाचनका लागि उम्मेद्वार तय गर्न केन्द्रबाट निर्देशन जारी भइसकेको भन्दै सबै वडा तथा क्षेत्रले राम्रो उम्मेद्वारलाई छनोट गरी जिल्लामा पठाउन सबैलाई आग्रह गरे ।कार्यक्रममा साउन २८ तराईमा आएको बाढीका पीडितलाई सहयोग गर्नका लागि काठमाडौँ काँग्रेसले उठाएको रु पाँच लाख ५५ हजार ५५५ काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई प्रदान गरिएको थियो ।  

प्रकाशित मिति: २०७४,आश्विन,७,शनिवार ०७:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका

काठमाडौं । आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले

काठमाडौं । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु(को निर्वाचन हुने भएको छ ।

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८