काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको यस सिजनको अन्तिम चरणमा पुगेको छ । प्रिमियर लिगमा अब एक चरणको खेल मात्र बाँकी छ ।
प्रिमियरको २०१९र२० को सिजन भोलि ९आइतबार० सकिदैछ । आइतबार प्रिमियर लिगमा अन्तिम १० खेल एकै समयमा हुनेछ । यस सिजनको उपाधि भने लिभरपुलले जितिसकेको छ । लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि हात पारेको हो ।
प्रिमियर लिगको गोल्डेन बुट कसले पाउछ भन्ने विषय अहिले निक्कै चर्चामा रहेको छ ।
सिजनको सर्वाधिक गोलकर्ताले गोल्डेन बुट पाउने चलन रहेको छ । गोल्डेन बुटको दौडमा यस सिजन लेष्टर सिटीका फरवार्ड जेमी भार्डी शीर्षमा रहेका छन् । भार्डीले यस सिजन २३ गोल गरिसकेका छन् ।
लेष्टरले अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । अन्तिम खेलमा गोल गर्न असफल भएपनि भार्डीले गोल्डेन बुट जित्ने सम्भावना बलियो रहेको छ ।
भार्डी दोस्रो स्थानमा डानी इन्ग्स भन्दा २ गोलले अघि रहेका छन् । साउथह्याम्पटनका डानीले २१ गोल गरेका छन् ।
यस्तै तेस्रो नम्बरमा आर्सनलका पेरिक एम्रिक आबुमियाङ रहेका छन् । उनले लिगमा २० गोल गरिसकेका छन् । गोल्डेन बुटका दाबेदारमा लिभरपुलका मोहमद सलाह पनि एक हुन् । चौंथो स्थानमा रहेका उनले १९ गोल गरेका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया