कोरोना महामारी : सबै भन्दा धेरै कोरोना संक्रमित भएका यी ५ देश

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ३९ हजार १ सय ४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ५७ लाख ९ हजार ५ सय १३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ९६ लाख २७ हजार ३ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार २ सय ६५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४७ हजार ८ सय ३६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३३ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४२ लाख ३ हजार ८ सय ७२ पुगेको छ । हालसम्म १९ लाख ९१ हजार ९ सय ६९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १९ हजार १ सय ७१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ८७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १३ हजार ७ सय १० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २३ लाख ३ हजार ६ सय ६१ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ४ हजार ४ सय ४० जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १५ लाख ७० हजार २ सय ३७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ३३ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३१ हजार ३ सय ९८ पुगेको छ । बितेको २४ घण्टामा ४७ हजार ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १३ लाख ३५ हजार ४ सय ७१ पुगेको छ । हालसम्म ८ लाख ४८ हजार ८ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ५३ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ हजार ४६ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ८ सय ११ जनामा कोरोना पुष्टि भएको र १ सय ५४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ८ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख ८८ हजार ७ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ९३ पुगेको छ । हालसम्म ४ लाख ८ हजार ५२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा १७ हजार ६ सय ५४ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ३ लाख ७१ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ५५ हजार ९ सय ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय ७२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?