पहिलो सिजनको सफलतापछि फेरि आउँदै कमेडी च्याम्पियन–२

काठमाडौं । कमेडी रियालीटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आगामी असोजदेखि शुरु हुने भएको छ । नयाँ सिजन असोजबाट शुरु हुने निर्माण पक्षले जानकारी दिएको छ । यसअघि पहिलो सिजन निकै चर्चित बनेको थियो ।

शोको पहिलो सिजमा हिमेश पन्त विजयी भएका थिए, भने सुमन कोइराला र खड्गबहादुर पुन क्रमशः दोस्रो र तेस्रो हुन सफल भएका थिए ।
विशाल भण्डारीको निर्देशन रहेको यो शोको अहिले प्रोमो सार्वजनिक गरिएको छ ।

प्रोमोमा सामाजिक विषय डार्क कमेडीका रुपमा उठान गरिएको छ ।  यो शोको निर्णायकमा पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्माले नै निरन्तरता पाउने भएका छन् ।

शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ भने यसका लागि कान्तिपुरले सहकार्य गर्ने सम्झौता भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?