३ जेष्ठ २०७९, मंगलवार

काँग्रेस प्रजातान्त्रिक मुल्य मान्यताबाट चल्न सकेन : नेता सिंह

२०७४,आश्विन,७,शनिवार ०७:२६

0
Shares

काठमाण्डौं, ७ असोज ।नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस प्रजातान्त्रिक मूल्य र मान्यताबाट चल्न नसकेको बताएका छन ।नेपाली काँग्रेस काठमाडौँ जिल्ला समितिले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा नेता सिंहले पार्टी विधीसम्मत र नियमसम्मत तरिकाले चल्न नसकेको बताएका हुन ।पूर्व महामन्त्री सिंहले देशको राजधानी काठमाडौँ राजनीतिक क्षेत्रमा आफ्नै महत्व राखेको क्षेत्र भएकाले सबै क्षेत्रमा काँग्रेसलाई जिताउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए ।सिंहले निर्वाचनमा राम्रो नतिजा आए जस लिने र नराम्रो नतिजा आए फलानोले गर्दा त हो नी भनेर उम्कन नमिल्ने बताए ।काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले यो मेरो वा यो तेरो मान्छे भन्दापनि काँग्रेसको मान्छे बनेर निर्वाचनमा गएमात्र काँग्रेसले जित हाँसिल गर्न सक्ने बताए ।निर्वाचनमा पार्टीले तय गरेको उम्मेद्वारको पक्षमा भोट माग्न र जिताउन आम नेता तथा कार्यकर्ता लाग्नुपर्ने उनको भनाई थियो ।काँग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले काँग्रेसले गरेका राम्रा कामहरु आम जनतामाझ लगेर जनताको मन जित्नुपर्ने बेला आएको बताए । उनले निर्वाचन छिटै आउन लागेको भन्दै प्रचारप्रसारमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।नेपाली काँग्रेस काठमाडौँका सभापति सबुज बानियाले प्रदेश र प्रतिनिधीसभाको निर्वाचनका लागि उम्मेद्वार तय गर्न केन्द्रबाट निर्देशन जारी भइसकेको भन्दै सबै वडा तथा क्षेत्रले राम्रो उम्मेद्वारलाई छनोट गरी जिल्लामा पठाउन सबैलाई आग्रह गरे ।कार्यक्रममा साउन २८ तराईमा आएको बाढीका पीडितलाई सहयोग गर्नका लागि काठमाडौँ काँग्रेसले उठाएको रु पाँच लाख ५५ हजार ५५५ काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई प्रदान गरिएको थियो ।  

प्रकाशित मिति: २०७४,आश्विन,७,शनिवार ०७:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आजबाट संघीय संसदको दुवै सदन (प्रतिनिधि र राष्ट्रिय) को बैठक बस्दैछ । संघीय संसदको एघारौँ अधिवेशन अन्तर्गत आजबाट

चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरको उम्मेदवार उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् । पछिल्लो मतगणनाअनुसार माओवादी केन्द्रकी

इलाम । इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् । केरुङले नेकपा एमालेका उम्मेदवार

धादिङ । धादिङको रुविभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह

ताजा समाचार

सिंगो स्थानीय सरकारमा एक दल !
 २०७९,जेष्ठ,३,मंगलवार १०:५१
सर्लाहीको बरहथवा–१७ मा मतदान जारी
 २०७९,जेष्ठ,३,मंगलवार १०:४५
नवौं राष्ट्रिय खेलकुद सर्ने
 २०७९,जेष्ठ,३,मंगलवार १०:४५
भरतपुरमा गठबन्धनको अग्रता, कसको कति मत ?
 २०७९,जेष्ठ,३,मंगलवार १०:४३