संविधानको कार्यान्वयनबाट देश समृद्ध हुन्छ : अर्थमन्त्री

इटहरी, ७ असोज ।अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले चाहेको सार्वभौम अधिकार सम्पन्न संविधानको सफल कार्यान्वयनबाट देश समृद्ध हुने बताएका छन ।अर्थमन्त्री कार्कीले आज सुनसरीको इटहरीमा सञ्चारकर्मीसँगको भेटघाटमा अब विकास निर्माण र जनताको भलाइ हुने विषयमा राजनीतिक स्वार्थ भन्दा माथि उठेर सबैले कार्य गर्नुपर्ने विचार व्यक्त गरे ।मन्त्री कार्किले पूर्वी नेपालका जनताको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाले अझै निर्माणको चरणमा प्रवेश गर्न नसकेको अवस्थामा वर्तमान सरकारले त्यसको पूर्ण कार्यान्वयनको तहमा लैजाने अभियानलाई अघि बढाइसकेको जानकारी दिए ।अर्थमन्त्री कार्कीले स्थानीय तहको निर्वाचन सम्पन्नसँगै प्रान्त र संघको निर्वाचन सम्पन्न भएपछि देशमा राजनीतिक स्थिरता कायम हुने तथा स्थानीय तहबाट नै विकासको अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?