काठमाडौं । कोरोना महामारीका कारण स्थगित फ्रेन्च कप फुटबलको फाइनल खेल आज (शुक्रबार) हुँदैछ ।
फ्रेन्च कपको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र सेन्ट इटियेन भिड्दै छन् । खेल नेपाली समय अनुसार राति १२:५५ बजे शुरु हुनेछ । स्टेड डी फ्रान्स रंगशालामा हुने फाइनलमा दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
कोरोनाको महामारीको कारण लिग स्थगित भएपनि पीएसजीले यस सिजनको लिग वान उपाधि जितिसकेको छ । त्यसैले पीएसजी अर्को उपाधिको रुपमा फ्रेन्च कप जित्न चाहन्छ ।
फ्रेन्च कपको सर्वाधिक सफल टिम पीएसजीले पछिल्लो पटक सन् २०१८ मा उपाधि जितेको थियो । पीएसजीले हालसम्म १२ पटक फ्रेन्च कप जितिसकेको छ । इटियेन भने पीएसजीलाई हराएर सातौं पटक फ्रेन्च कप जित्न चाहन्छ । इटियेनले हालसम्म ६ पटक उपाधि जितिसकेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया