साम्राज्ञीविरुद्ध भुवनले जिल्ला अदालतमा मुद्दा हाले

काठमाडौं । फिल्म निर्माता तथा अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका छन् । उनले नायिका साम्राज्ञी राज्यलक्ष्‍मी शाहविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

शुक्रवार अभिनेता केसीले शाहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् ।

सामाजिक सञ्जालमा लाइभ आएर अभिनेत्री शाहले अभिनेता केसीलाई आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी थिइन् ।

उक्त आरेप पछि केसीले शाहलाई अनर्गल कुराहरु गरेर अरुको छवि नबिगार्न र फेरी पनि नमानेमा आफू कानूनको बाटोमा लाग्नुपर्ने चेतावनी दिएका थिए ।

अभिनेता केसीले यसअघि पनि चलचित्र कलाकार संघमा साम्राज्ञीले आफूमाथि झुटो आरोप लगाएको भन्दै छानविन गरिदिन उजुरी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?