‘फेक सोसल मिडिया फलोअर्स’ : प्रियंका र दीपिकासँग शोधपुछ गर्न सक्ने

काठमाडौं । सोसल मिडियामा फेक फलोअर्स बनाउने घोटालामा सहभागी रहेकोहरुको मुम्बई पुलिसले अनुसन्धान थालेको छ ।

अनुसन्धान बढेसँगै विभिन्न नयाँ खुलासा भईरहेका छन् । पुलिसले सेलीब्रेटिजहरुसँग पनि शोधपुछ गर्न सक्ने बताएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड अभिनेत्री तथा पूर्व विश्वसुन्दरी प्रियंका चोपडा र बलिउड अभिनेत्री दीपिका पादूकोण जस्ता सेलिब्रेटिजसँग मुम्बई पुलिसले शोधपुछ गर्न सक्ने भएको हो ।

मुम्बई पुलिसका जोइन्ट कमिश्नर विनय कुमार चौबेका अनुसार ५४ वटा फर्मको बारेमा पत्ता लागेको छ ।

जसमा फेक सोसल मिडिया फलोअर्स बनाउनेहरु सहभागी रहेका छन् ।

यसमा पुलिसले अहिलेसम्म क्रिमीनल इन्टेलिजेन्स युनिटले अभिषेक दिनेश दौडेलाई गिरफ्तार गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?