९ आश्विन २०७८, शनिवार

संविधानको कार्यान्वयनबाट देश समृद्ध हुन्छ : अर्थमन्त्री

२०७४,आश्विन,७,शनिवार ०६:१०


इटहरी, ७ असोज ।अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले चाहेको सार्वभौम अधिकार सम्पन्न संविधानको सफल कार्यान्वयनबाट देश समृद्ध हुने बताएका छन ।अर्थमन्त्री कार्कीले आज सुनसरीको इटहरीमा सञ्चारकर्मीसँगको भेटघाटमा अब विकास निर्माण र जनताको भलाइ हुने विषयमा राजनीतिक स्वार्थ भन्दा माथि उठेर सबैले कार्य गर्नुपर्ने विचार व्यक्त गरे ।मन्त्री कार्किले पूर्वी नेपालका जनताको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाले अझै निर्माणको चरणमा प्रवेश गर्न नसकेको अवस्थामा वर्तमान सरकारले त्यसको पूर्ण कार्यान्वयनको तहमा लैजाने अभियानलाई अघि बढाइसकेको जानकारी दिए ।अर्थमन्त्री कार्कीले स्थानीय तहको निर्वाचन सम्पन्नसँगै प्रान्त र संघको निर्वाचन सम्पन्न भएपछि देशमा राजनीतिक स्थिरता कायम हुने तथा स्थानीय तहबाट नै विकासको अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: २०७४,आश्विन,७,शनिवार ०६:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनमा सभापतिको आकांक्षी देखिएका तीन नेताबीच शुक्रवार भेटवार्ता भएको छ । उपसभापति विमलेन्द्र निधि,

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा

कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढ्दै छ । कोरोना महामारीका बीच ६४ जिल्लामा कांग्रेसको वडा अधिवेशन सकिएको छ । वडा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीको पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीभित्र विधि विधान हराउँदै गएको

ताजा समाचार

यस्तो छ आजको विनिमयदर (सूचीसहित)
 २०७८,आश्विन,९,शनिवार ०८:२७
यस्तो छ आजको मौसम पूर्वानुमान
 २०७८,आश्विन,९,शनिवार ०८:१३
बलेवामा नगर अस्पताल सञ्चालन
 २०७८,आश्विन,९,शनिवार ०७:५१
थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै
 २०७८,आश्विन,९,शनिवार ०७:४०
एक करोड मात्रा खोप आउने सुुनिश्चित
 २०७८,आश्विन,९,शनिवार ०७:३२
मन्त्री नहुँदा कर्मचारीलाई सास्ती
 २०७८,आश्विन,९,शनिवार ०७:२४