काठमाडौं । सिरहाको मिर्चैया नगरपालीका ६ जिवामा आँपको रुखबाट लडेर एक जनाको ज्यान गएको छ । आफ्नै आँमको बगैचामा आँप टिप्नेक्रममा रुखबाट लडेर घाइते भएका सोही नगरपालीका ५ पासवान टालका ६० वर्षिय तनुकलाल पासवानको आज बिहिवार अपसान्ह ज्यान गएको हो ।
रुखबाट लडेर सख्त घाइते भएका पासवानको उपचारको लागि मिर्चैया बजार ल्याउने क्रममा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलाल जयसवालले जानकारी दिए ।
अस्पताल पुर्याउँदा उनको मृत्यु भईसकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया