२०७७, ८ श्रावण बिहीबार २०:२२

भायानेटले ल्यायो जूममार्फत भिडियो कन्फ्रेन्सिङ एपको अफर !


प्रकाशित मिति : २०७७, ८ श्रावण बिहीबार २०:२२

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले जूममार्फत भिडियो कन्फ्रेन्सिङ एपको अफर ल्याएको छ ।

जूमकोे भिडियो कन्फ्रेन्सिङ  एपले लकडाउनका बेला व्यापक लोकप्रियता कमाइरहेको अहिलेको आवश्यकतालाई बुझेर, भायानेटले नेपालको लागि जूमको आधिकारिक रिसेलर जिनिज् सोलुशनसँग साझेदारी गर्दै जूमको पेड सदस्यता अफर गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भायानेटका ग्राहकहरुले भायानेट मार्फत् जूमको सदस्यता लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालभरि फैलिरहको कोभिड–१९ का कारण सबै संगठन र संस्थानहरु अहिले जूम जस्ता भिडियो कन्फ्रेन्सिङ÷मिटिङ्ग एप मार्फत् आफ्नो दैनिक कार्य संचालन गरिरहेका छन् ।

जूम शैक्षिक संस्थानहरुका लागि अनलाइन कक्षाहरु संचालन गर्न, कर्पोरेटको लागि मिटिङ्ग, कन्फ्रेन्स र रिमोट तालिम गर्न र प्रशिक्षक, प्रेरक वक्ताका लागि वेबिनारहरु गर्न प्रभावकारी छ । त्यसै हुनाले यस एपको पेड भर्जनले व्यक्ति र संघ–संस्थालाई महामारीको दौरान र पछि आफ्नो कार्यहरु सजिलै संचालन गर्न उल्लेखनीय फाइदा र सुविधा प्रदान गर्दछ ।

अनपेड सदस्यताको दाँजोमा पेड सदस्यताको केही फाइदाहरु यस प्रकार छन्ः २४से घण्टे गु्रप मिटिङ (अनपेडमा ४० मिनेट मात्र), होस्टले १००० सदस्यभन्दा बढी सदस्यमा अपग्रेड गर्नसक्ने वा १०,००० जना उपस्थित भएर हेर्न मात्र मिल्ने र स्पीच–टु–टेक्स्ड ट्रान्सक्रीप्शनद्वारा मिटिङको बुँदाहरु स्वतः उत्पादन हुने सुविधा पनि यसमा उपलब्ध छ ।

यसको साथै भायानेट कम्यूनिकेशन प्रा.लि.ले, नेपालको अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायकले आफ्नो सेवालाई अझ राम्रो बनाउन र ग्राहकको आवश्यकतालाई पूरा गर्नको लागि अर्को एउटा कदम चालेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस