बढ्यो त्रास : अमेरिका र यूरोप पछि भारतमा आयो खतरनाक रोग !

काठमाडौं । अहिले कोरोना भाइरसको महामारी खेपिरहेको भारतमा फेरी अर्को रोगले ग्रसित बनाएको छ ।

यो रोगको पहिलो केस भारतको गुजरातस्थित सुरतमा देखिएको छ । सुरतमा एक बच्चालाई यो रोगको लक्षण देखिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो रोगको नाम मल्टी सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम रहेको छ । यसलाई एमआईएससी पनि भनिन्छ । पहिलो केस देखिएपछि भारतमा त्रास उत्पन्न भएको छ ।

सुरतमा रहेका एक परिवारका १० वर्षीय बच्चाको शरीरमा यो रोगको लक्षण देखिएको हो । तर अहिलेसम्म यो रोग अमेरिका र यूरोपमा मात्र देखिएको थियो ।

परिवारले बच्चालाई एक अस्पतालमा भर्ना गरेका छन् । बच्चालाई खोकी, उल्टी, खसखस, भईरहेको बताइएको छ ।

साथै उनको आँखा र ओठ पनि रातो भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?