‘टेस्ट’ ‘रिपोर्ट’ नेगेटिभ ? अमिताभ भन्छन्,’यो खबर सबै झुटो हो’ !

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चन बितेको १२ दिन यता कोरोना संक्रमण भएपछि उपचार गराउन नानावती अस्पतालमा उपचार गराईरहेका छन् ।

उनीसहित उनका छोरा अभिषेक बच्च्न र बुहारी तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनलाई कोरोना संक्रमण भएको छ ।

उनीहरु सबै नानावती अस्पतालमै उपचाररत छन् । अहिले भारतीय सञ्चारमाध्यमा अमिताभको दोश्रो कोरोना रिपोर्ट नेगेटिभ आएको भन्ने खबर व्यापक चर्चा भईरहेको छ ।

साथै भारतीय सञ्चारमाध्यमका अनुसार उनको दोश्रो कोरोना रिपोर्ट नेगेटिभ आएको र उनलाई केहि दिनमै अस्पतालबाट डिस्चार्ज गरिने बताइएको छ । तर महानायक अमिताभले भने यो सबै समाचार गैर जिम्मेवार र झुटो भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट गर्दै उक्त सबै समाचार झुटो र गैरजिम्मेवार रहेको बताएका हुन् ।

उनी र उनका छोरा अभिषेक गत जुलाई ११ र बुहारी र नातिनीलाई १२ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनीहरुको सबै परिवार नानावती अस्पतालमा उपचाररत छन् । ऐश्वर्या र आराध्या भने केहि दिन होमआइसोलेसनमा बसेर अस्पताल भर्ना भएक थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?