काठमाडौं । बिहीवार नेपालमा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या १५६ रहेको छ । अहिलेसम्म कोरोना संक्रमण मुत्तः भएर नेपालमा घर फर्किएकाको कुल संख्या १२ हजार ८४० रहेको छ ।
प्रदेश नम्बर १ मा कुल संक्रमित मध्ये ७६० जना डिस्चार्ज भएका छन् भने प्रदेश नम्बर २ मा २ हजार ८४३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै वाग्मती प्रदेशमा ४५८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने गण्डकी प्रदेशमा १ हजार ९५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ८६८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कर्णाली प्रदेशमा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ८८६ रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म २ हजार २३३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यसैबीच नेपालमा आज (बिहीवार) थप १४७ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार २४१पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।
नेपालमा हिजो (बुधवार) १०० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बितेको २४ घण्टामा थपिएका संक्रमितको विवरण यस्तो छ :
धनकुटा २ जना, सुनसरी २ जना, मोरङका ८ जना, झापाका १ जना, सिरहाका २ जना, सप्तरीका ७ जना, पर्साका १७ जना, भक्तपुरका २ जना, ललितपुरका २ जना, काठमाडौंका ५ जना, महोत्तरीका १ जना, पर्वतका १ जना, कास्कीका २ जना, स्याङ्जाका १ जना, पर्वतका २ जना, रुपन्देहीका १३ जना, प्यूठानका २ जना, नवलपरासीका १ जना, सुर्खेतका ५ जना, सल्यानका १ जना, दैलेखका २४ जना, डडेल्धुराका २ जना, डोटीका ७ जना, कैलालीका २ जना, बझाङका १ जना, कञ्चनपुरका ३० जना गरी बितेको २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया