बिहीवार काठमाडौं उपत्यकामा थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीवार) ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका पाँच, भक्तपुरका दुई र ललितपुरका दुई जनामा गरि पछिल्लो २४ घण्टामा उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा भक्तपुरका दुई जना, स्टार अस्पताल सानेपामा ललितपुरका एक जना, शक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ललितपुरका एक जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा काठमाडौंका दुई जना र पाटन अस्पताल ललितपुरमा काठमाडौंका एक जना गरेर आज काठमाडौं उपत्यकामा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (बिहीवार) थप १४७ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार २४१पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।

नेपालमा हिजो (बुधवार) १०० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?