सुशान्त सिंह राजपुतको अन्तिम फिल्म कति बजे हुँदैछ रिलिज ?

काठमाडौं । स्वर्गीय बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित चलचित्र दिल बेचारा हेर्नको लागि उनका फ्यान्सहरु लामो प्रतिक्षामा छन् । यो फिल्मको ट्रेलर तथा गीत धेरैले मन पराएका छन् ।

फिल्म दि बेचारा २४ जुलाईमा रिलिज हुँदैछ । उनको अन्तिम यो फिल्म २४ जुलाई सन् २०२० मा भारतीय समयानुसार साँझ ७ः३० बजे डिज्नी प्लस हटस्टारमा अनलाइन स्ट्रीमिङ शुरु हुनेछ ।

मुकेश छाबडाद्वारा निर्देशित यो फिल्म भारतसहित अमेरिका, क्यानडा र बेलायतमा हेर्न सकिनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?