प्रभास स्टारर फिल्मका लागि दीपिका पादुकोणले लिइन् यति धेरै पारिश्रमीक

कठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण अब छिट्टै अभिनेता प्रभासको अपकमिङ फिल्ममा देखिँदैछन् । तर यो फिल्ममा मेकर्सले धेरै मूल्यमा उनलाई भित्र्याएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्मको लागि उनी राजी थिइनन् । तर कुनै पनि अवस्थामा मेकर्सले उनलाई आफ्नो फिल्ममा ल्याउन चाहेपछि त्यसको मूल्य पनि महंगो तिर्नुपरेको छ ।

दीपिकाले अहिले एक लीड एक्टरको जति नै पारिश्रमिक डिमान्ड गरेकी छन् । उनलाई प्रभासको जति नै फि नदिएपनि २० करोड भारतीय रुपैयाँ दिइएको छ । प्रभासले भने यो फिल्मका लागि ५० करोड रुपैयाँ लिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?