श्रीमतीको हत्या पछि कारागारमा रहेका पूर्वडीआईजी रिहा, सरकारले पुनरावलोकनका लागि निवेदन दिने

काठमाडौं । श्रीमतीको हत्या पछि पक्राउ परी जन्मकैदको सँजाय काटिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला थुनामुक्त भएका छन् । उनी थुनामुक्त भएपनि सरकारले पुनरावलोकनका लागि निवेदन दिने भएको छ ।

बिहीबार महान्यायाधिवक्ता कार्यालयले रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको हो ।

सर्वोच्चले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय ८ वर्ष ६ महिना कम गरिदिएको थियो । उनी आफ्नै श्रीमती गीता ढकालको हत्या अभियोगमा पक्राउ परी जन्मकैदको फैसला सुनाइएको थियो ।

उनलाई जिल्ला र पुनरावेदन अदालतले जन्म कैद अर्थात् २० बर्षको कैद सँजाय को फैसला गरेको थियो । तर प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरा र न्यायधीश तेज बहादुर केसीको इजलासले उनी साढे ८ बर्ष जेल बसे पुग्ने फैसला गरेको हो ।

फैसलामा कोइरालाले श्रीमतीलाई तत्काल आवेशमा आई हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षा र शिक्षादीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाईएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?