बागलुङ । कोरोनाका कारण प्रतियोगिता गुमेपछि आर्थिक समस्यामा परेका फुटबल खेलाडीलाई राहत रकम बाँडिएको छ । अखिल नेपाल फुटबल सङ्घको सहयोगमा जिल्ला फुटबल सङ्घ बागलुङले १५ व्यवसायिक खेलाडी र चार जना अफिसियललाई चार हजार रुपैयाँका दरले बुधवार राहत प्रदान गरेको हो ।
राहत रकम वितरण गर्दै गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले खेलकूद क्षेत्र समृद्धि र प्रगतिको आधार भएको बताए । उनले सङ्कटका बेला खेलाडीलाई सघाएकामा फुटबल सङ्घको प्रशंसा गरे । जिल्ला लिगसहित ए, बी र सी डिभिजन लिग खेलेका खेलाडीलाई मात्र राहत दिइएको सङ्घका जिल्ला अध्यक्ष रामराज गुरुङले बताए । खेलाडी र अफिसियलाई गरी ७६ हजार रुपैयाँ राहतमा खर्च भएको उनको भनाइ छ । राहत रकमको चेक बुझेपछि खेलाडीले खुशी व्यक्त गरेका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया