एकै दिन ९ जना मृत अवस्थामा फेला

काठमाडौं । एकै दिन देशका विभिन्न स्थानमा गरी ९ जना मृत अवस्थामा फेला परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका-१९ अकला मन्दिरस्थित भेटिखोला किनारामा सोही महानगरपालिका-१६ कुरेचौर बस्ने ४८ वर्षीय बिष्णु आचार्य मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, गोरखाको भिमसेन थापा गाउँपालिका-३ शिशवघारीस्थित बुढीगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन, उमेर नखुलेका पुरुष मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

बर्दियाको गेरुवा गाउँपालिका-१ माधवपुरस्थित गेरुवा कर्णाली नदीको दोभानमा हाल नाम, थर वतन, उमेर नखुलेकी महिला मंगलबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।

साथै, जाजरकोट, भेरी नगरपालिका-१० आली बस्ने हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोही ठाउँस्थित मकै बारीमा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

भोजपुर, अरुण गाउँपालिका-२ सराङ बस्ने ५८ वर्षीया जिता राई सोही ठाउँस्थित सुके खोलाको पानीमा मंगलबार साँझ मृत अवस्थामा फेला परेकी छन् ।

जाजरकोट, भेरी नगरपालिका-३ स्यांला बस्ने ४० वर्षीय पट बहादुर विक आफ्नै घरको आँगनमा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, ललितपुर, ललितपुर महानगरपालिका-१२ ईटीचोकमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका-४ गैंडाचोक नारायणी तिरस्थित बाँसको झ्याङमा हाल नाम, थर, वतन नखुलेकी करिब ५२ वर्षीया महिलाको शव बुधबार बिहान फेला परेको छ ।

र जुम्ला, हिमा गाउँपालिका-४ कुदुस्थित सडकदेखि करिब ६० मिटर तल कोदो बारीमा सोही ठाउँ बस्ने ३५ वर्षीय लगम भन्ने लोक बहादुर शाही बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?