काठमाडौं । ओखलढुंगामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । चार वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका-९ कटुन्जे बस्ने १३ वर्षीय बालकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई गत असार ३१ गते घरमा कोही नभएको अवस्थामा कार्कीले घरभित्र लगेर फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया