बाबु कृष्ण परियार र शान्ति श्री परियारको ‘बैनी बरिलै’ (भिडियोसहित)

काठमाडौं । लोकदोहोरी गायक बाबु कृष्ण परियार र गायिका शान्ति श्री परियारको ‘बैनी बरीलै’ बोलको तिज गीत सार्वजनिक भएको छ। यस वर्षको तिजलाई लक्षित गर्दै बैनी बरीलै सार्वजनिक भएको हो ।

बाबु कृष्णको युट्युब च्यानलबाट मंगलवार सार्वजनिक भएको हो गीत बैनी बरीलैमा बाबु कृष्ण परियारको लय र सरोज आर्चाय क्षत्रीको शब्द रहेको छ ।

देवेन्द्र बब्लुको निर्देशन रहेको उक्त गीत चार्डवाडमा माईत आउन नपाएका चेलिहरूलाई पर्खिएका माईतीहरूका लागि समर्पित छ।

तिज नजिकिदै गर्दा दाईले फोन मार्फत आफ्नी बैनीलाई माइतीमा आउन आग्रह गरेको र बैनीले पनि मलाई लीन आउनु दाजै भन्ने भावलाई गीतमा समेटिएको छ। गीतको भिडियोमा देबेन्द्र बब्ल,रोशनी कार्की,विशाल घिमिरे,श्याम मल्ल खेम बाले लगायतका कलाकारको अभिनय रहेको छ ।प्रविण भट्टको सम्पादन रहेको गीतमा भिडियोको छायांकन भने करण चैसिरले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?