काठमाडौं । नेपालमा हाल २० हजार भन्दा बढी मानिस क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार हाल नेपालमा २० हजार ८ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन् ।
पछिल्लो समय करेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेका छन् । हाल क्वारेन्टाइनमा रहेका मध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय ६२ जना क्वारेन्टाइनमा रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३ सय ८ जना रहेका छन् ।
कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?
प्रदेश नं १ मा २ हजार ५ सय ५८ जना
प्रदेश नं २ मा २ हजार ३ सय ९७ जना
वाग्मती प्रदेशमा १ हजार ४ सय ८४ जना
गण्डकी प्रदेशमा ३ हजार ३ सय ९ जना
प्रदेश नं ५ मा ३ हजार २ सय २४ जना
कर्णाली प्रदेशमा १ हजार ३ सय ८ जना
सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय ६२ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया