काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएर १२ हजार ६ सय ८४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
नेपालमा आज थप २०७ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति भए संक्रमण मुक्त ?
प्रदेश १ मा ७५२ जना
प्रदेश २ मा २८३५ जना
वाग्मती प्रदेश ४५६
गण्डकी प्रदेशमा १०२४ जना
प्रदेश ५ मा ३८४८जना
कर्णाली प्रदेशमा १५६७ जना
सुदूरपश्चिम प्रदेशमा २२०२ जना
नेपालमा आज (बुधवार) थप १०० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ । नेपालमा हिजो (मंगलवार) १५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया