युट्युबबाट हट्यो ‘नो ब्रत, नो प्लिज’ !

काठमाडौं । हिन्दू जागरण नेपालको दवावमा सोफिया थापाको ‘नो ब्रत, नो प्लिज’ बोलको विवादित गीत युट्युबबाट हटाइएको छ ।

हिन्दु जागरण नेपालले हाइलाइट्स नेपाललाई एक पत्र लेख्दै गीतले धार्मिक आस्थामाथि प्रहार गरेकाले हटाइदिन अनुरोध गरेको थियो ।

सो पत्र र संस्थाका अधिकारीको निरन्तरको दवाव र अनेकन विवाद सिर्जना भएपछि गीत हटाइएको बताएको छ । यस विषयमा सोफियाले भने गीत हाललाई स्थगित मात्रै गरिएको प्रतिक्रिया दिइन् ।

यसअघि हिन्दूवादी संस्थाले तुरुन्त गीत हटाउन गायिका थापालाई चेतावनीसहितको धम्की समेत दिएको थियो ।

हिन्दू नारीहरुको महान चाड तीजमा भोकै ब्रत बस्ने, श्रीमान्को खुट्टाको पानी खाने लगायतको परम्पराको विरोध गर्दै गायिकाले सोफियाले गीतमार्फत यो परम्परा हटाउन भनेकी छन् ।

वर्षौदेखि चल्दै आएको परम्परा विरोधी गीत बनाइएको भन्दै हिन्दु जागरण नेपालले गीत हटाउन दवाव दिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?