भ्रामक समाचारको पछि नलाग्न महासंघको आग्रह, निकाल्यो यस्तो विज्ञप्ती

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले महासंघको वार्षिक साधारण सभा सम्बन्धी अनधिकृत एवं कपोलकल्पित र भ्रामक समाचारका पछि नपर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।

महासंघले २०७७ असार ६ गते बेलुका ९ः४३ मा महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको तयारीको बिषयमा मोनीका अधिकारीद्धारा प्रेसित प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्षले गरेको ट्वीटको हवाला दिनुका साथै अन्य २ जना उपाध्यक्ष क्रमशः किशोर कुमार प्रधान र चन्द्र प्रसाद ढकालका उम्मेद्वारीका वारेमा प्रकाशित बिषयबस्तु भ्रामक भएको महासंघको भनाई छ।

ुउक्त विज्ञप्ति महासंघबाट जारी भएको नभई महासंघसंग सम्बन्धित नभएका असम्बन्धित व्यक्तिबाट अनधिकृत रूपमा जारी गरिएको पाईएको र यो पत्रकारिताको सामान्य सिद्धान्तको विपरित मात्र नभई सर्वस्विकृत आचार संहिताको गम्भीर उल्लंघन समेत हो । महासंघ यस्ता सबै प्रकारका आधारहीन प्रेस विज्ञप्ति प्रकाशित गर्ने व्यक्तिको कार्य तथा प्रवृत्ति दुवैको निन्दा एवं भत्सर्ना गर्दछ।ु महासंघले भनेको छ ।

महासंघले सम्पन्न गर्ने ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको वारेमा दिईने सूचना तथा जानकारीका आधिकारिक स्रोत महासंघको सचिवालय हो भन्ने कुरालाई पूर्ण रूपमा वेवास्ता गरी यस प्रकारका प्रेस विज्ञप्ति प्रकाशित गर्नेरगराउने कार्यले गलत सूचना प्रवाह गर्ने मात्र नभई नेपाल उद्योग वाणिज्य महासंघ जस्तो निजी क्षेत्रको प्रतिष्ठित संस्थाको संस्थागत मर्यादामा समेत चोट पुर्‍याउनुका साथै सम्बन्धित सबै सदस्यहरू बीच भ्रम पैदा गर्ने बताएको छ।

महासंघले वार्षिक साधारण सभा आयोजनाका लागि नेपाल सरकारबाट स्वीकृति लिने प्रक्रिया अघि बढाएको र सरकारबाट तदनुरुपको निर्देशन प्राप्त हुनासाथ वार्षिक साधारण सभा सम्पन्न गर्ने तयारीमा रहेको व्यहोरा स्पष्ट पारेको छ ।

“यस्ता अनधिकृत एवं भ्रमपूर्ण कपोलकल्पित विज्ञप्तिको उल्लेखित बिषयमा कुनै सत्यता नरहेको सो भ्रामक समाचारका पछि नपर्न सम्बन्धित सबैमा महासंघ हार्दिक अपिल गर्दछ । यसरी भ्रमपूर्ण प्रेस विज्ञप्ति जारी गर्ने व्यक्ति मोनीका अधिकारीलाई कारवाही गर्न सम्बन्धित निकायलाई महासंघ हार्दिक अनुरोध गर्दछ।” जारी विज्ञप्तिमा भनेको छ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/07/FNCCI-DAILY-RELEASE-2.pdf” title=”FNCCI DAILY RELEASE (2)”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?