आजदेखि नयाँ तरिकाबाट मापसे चेकिङ गरिँदै

काठमाडौं । आजबाट पुनः मादक पदार्थ सेवन (मापसे) चेकजाँच शुरु भएको छ ।

कोरोना महामारीको कारण गत चैत ७ गतेबाट मापसे चेकजाँच रोकिएको थियो । त्यस्तै बुधवारबाट कुनै मेसिन प्रयोग नगरी मापसे चेक गर्न लागिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सरकारले मंगलवार रातिदेखि लकडाउन खुलाएसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाँउहरुमा चेक पोइन्टहरु राखिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कुनै मेसिनको प्रयोग नगरी चालकले चलाउने तरिका, बोलीरवचन हेर्ने तथा सर्वसाधारणबाट सूचना लिई कारबाही गरिनेछ । यदि कसैप्रति शंका लागेमा अस्पताल लगेर समेत मापसे गरे नगरेको परीक्षण गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?