ज्लाटन चम्कदा मिलान विजयी

काठमाडौं । ज्लाटन ईब्राहिमोभिचको गोलमा एसी मिलानले सासुलोलाई २–१ गोल अन्तरले पराजित गरेको छ । मंगलबार राति सासुलोको घरेलु मैदानमा ज्लाटनको दुई गोलमा मिलान क्लबले तीन जित हात पारेको हो ।

खेलको १९ औं मिनेटमा ज्लाटनको हेड गोलमार्फत मिलान क्लब अघि बढ्यो । घरेलु टोलीका फ्रान्सिस्को कापुटोले ४२ औं मिनेटमा पेनाल्टीमार्फत खेल बराबरीमा ल्याएका थिए ।

तर पहिलो हाफमै ईन्जुरी टाइममा ज्लाटनले दोस्रो गोल गर्दै मिलान क्लबलाई २–१ ले अघि बढाएका थिए । मिलान क्लब ५९ अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । सासुलो ४८ अंक सहित आठौं स्थानमा यथावत रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?