काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
वाट्फोर्डको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे । यस्तै फिल फोडेन र एम्रिक लापोर्टेले एक एक गोल गरे । जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलमा ७८ अंक जोडेको छ । त्यस्तै, सिटी लिभरपुल भन्दा १५ अंकले पछि रहेको छ । लिभरपुलको ९३ अंक रहेको छ ।
वाट्फोर्ड ३४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया