ग्यास सिलिण्डरका पाइप, जस्तापाता र हाउस वाइरिङ तारले अनिवार्य एनएस लिनुपर्ने

काठमाडौं । अब ग्यास सिलिण्डरमा जोडिने पाइप, जस्तापाता र मल्टी स्ट्यार्ड हाउस वाइरिङ तारले अनिवार्यरूपमा नेपाल गुणस्तर चिन्ह(एनएस) लिनुपर्ने भएको छ ।
मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

प्रयोगकर्ताको जिउधनसँग प्रतक्ष सम्बन्ध राख्ने भएकाले सरकारले उक्त वस्तुहरुले अनिवार्य रुपमा एनएस लिनुपर्ने व्यवस्था गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

यसअघि यी वस्तुलाई एनएस चिन्ह लिन अनिवार्य गरिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?