राष्ट्रिय टिमको प्रशिक्षण भदौं १ गतेबाट

काठमाडौं । कोरोना भाईरस महामारीका कारण लामो समयबाट बन्द रहेको राष्ट्रिय टिमको प्रशिक्षण आगामी भदौं १ गतेबाट संचालन गरिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न अनुमति दिएको हो । सरकारको निर्णयसँगै विश्वकप छनोट खेलिरहेको राष्ट्रिय फुटबल टिमले भदौं १ बाट प्रशिक्षण गर्न पाउने भएको छ ।

छनोटमा अब नेपालले ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । समूह बी को नेपालले अवे खेल खेलिसकेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।

एसियन फुटबल फेडेरसन (एएफसी) ले छनोट अन्तर्गत बाँकी रहेको खेल अक्टोबर र नोभेम्बरमा गर्ने निर्णय गरिसकेको छ ।

सरकारले गत वर्षको चैत ११ गतेबाट लकडाउनको घोषणा गरेको थियो । आज (मंगलबार) रातिबाट लकडाउन समेत अन्त्य भएको छ ।

  • साङ्केतीक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?