फरार अभियुक्त रेशम चौधरीले गरे जिल्ला अदालतसामू आत्मसमर्पण

धनगढी, १४ फागुन । टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । फरार चौधरी सोमबार जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् चौधरी फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टी नेपालबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत बनेका चौधरी भारी मतान्तरले विजयी समेत भएका थिए । तर, उनले चुनाव जितेको प्रमणपत्र पाएका छैनन् विजयी भएको प्रमाणपत्र पाउनु पर्ने माग राख्दै आएका चौधरी सर्वोच्चसम्म पुगे तर उनको माग अनुसार आदेश भएन २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार छन् तर, चौधरीले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् भने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थारु नेता लक्ष्मण चौधरी अहिले जेल सजाय भोगिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?