माओवादीबाट बादल गृहमन्त्री र मातृका यादव मन्त्री

काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र)ले आज रामबहादुर थापा ‘बादल’ र मातृका यादवलाई मात्र सरकारमा पठाउने निर्णय गरेको छ आज ४ बजे शितल निवासमा सपथ कार्यक्रम तय गरिएको छ । एमाले र माओवादीबाट दुई–दुई मन्त्री हुनेछन् माओवादीबाट बादल र यादव मन्त्री हुनेछन् । यादवले भने ‘४ बजे सपथग्रहण लागि खबर आएको छ ।’बादल गृहमन्त्री हुने भएका छन् तर, मातृका यादवको भने कुन मन्त्रालय हो भन्ने टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?