भदौ १ बाट छोटो दूरी र अन्तरजिल्लामा सवारीसाधनहरु सञ्चालनमा आउने

काठमाडौं । सरकारले आगामी भदौ १ बाट लामो यात्रुबाहक सवारीसाधनहरु छोटो दूरीमा र अन्तरजिल्ला तहमा सञ्चालन गर्न पाइने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

त्यस्तै लामो दूरी भने खुलाइएको छैन । यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?