कोरोनो संक्रमित संख्या १८ हजार नजिक, कुन प्रदेशका कति (सूचीसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय ९ जना कोरोना मुक्त भइ घर फर्किएसँगै कोरोना संक्रमण मुक्त भइ घर फर्किनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । जुन कुल संक्रमितको ६९ दशमलव ३४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ । प्रदेश नं २ मा ४ हजार ६ सय ८५ जनामा कोरोना पुष्टि भएको छ । भने सबैभन्दा कम प्रदेश नं १ मा ८ सय ६० जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।

हालसम्म कुन प्रदेशमा कति जनामा कोरोना पुष्टि भयो ?

प्रदेश नं १ मा ८ सय ६० जना

प्रदेश नं २ मा ४ हजार ६ सय ८५ जना

वाग्मती प्रदेशमा ८ सय ८२ जना

गण्डकी प्रदेशमा १ हजार ४ सय ५ जना

प्रदेश नं ५ मा ४ हजार १ सय ९८ जना

कर्णाली प्रदेशमा १ हजार ८ सय ३७ जना

सुदूरपश्चिम प्रदेशमा ४ हजार १ सय २७ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?