तौल घटाउने हो ? जान्नुहोस् ‘फिटनेस एक्पर्ट’ को टिप्स

काठमाडौं – तौल बढी भएकाहरुले बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउनु एकदमै उत्तम मानिन्छ ।

यसो गर्नाले तौल घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ। जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ ।

चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ। यसले शरिमा एसिडको असर र वजनलाई नियन्त्रण गर्छ।

नास्ता गर्नु भन्दा करिब एक घण्टा अगाडि वा नास्ता गरेको एक घन्टा पछि १ गिलास पानी पिउने गर्नुपर्छ । यसले नास्ता पचाउन मद्दत गर्छ ।

बिहान वा बेलुका खाना खानुभन्दा भन्दा २० मिनेट पहिले १ गिलास पानी पिउने। यसले ओभर डाइटिङबाट बचाउँछ र तौल घटाउँछ।

सुत्नु भन्दा केही घन्टा पहिला एक गिलास पानी पिउने। यसरी पानी पिउदा खाना पछि केही खान मन लाग्दैन र बिहान उठ्दा शरिरमा रहेका हानिकार तत्व पानीसँगै बगेर जान्छन्।

दिनमा एकै पटक ऊँटले जस्तै एकै पटक धेरै पिउन भन्दा पनि दिनभरमा नौ–दश पटक थोरै–थोरै पानी पिउने। यसरी पिउदा शरिरमा पानीको मात्रा सन्तुलित हुन्छ र तौल समेत घट्छ।

दिउसो सोडा पानी वा जुस पिउनुको सट्टा सादा पानी नै पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ। यसले शरिरमा सुगरको मात्रा घटाई तौल घटाउन सहयोग गर्छ।

दिउसो हल्का भोक लागेको समयमा हल्का तातो पानीको चुस्की लिदाँ तौल घटाउन सहयोग मिल्छ ।

सुत्नुअघि यसो गर्नुहोस्, तत्काल घट्छ तौल
बढ्दो तौल मानिसहरुको चिन्ताको विषय बन्ने गरेको छ । तौल घटाउने अनेक तरिका अपनाएता पनि धेरैले यसमा सफलता पाएका हुँदैनन् । स्वस्थ जीवनयापनका लागि मानिसहरुले आफ्नो तौल नियन्त्रणमा राख्न जरुरी छ । भारतीय फिटनेस एक्सपर्ट तौसिफ खानले तौल घटाउन चाहने व्यक्तिले सुत्न पहिले निम्न कार्य गर्नुपर्ने सुझाएका छन् ।

१. दूधः
सुत्नु पहिले एक ग्लास दुध पिउनुहोस् । यसमा पाइने क्याल्सियम र प्रोटिनले पाचन शक्तिलाई राम्रो बनाउँछ । यसले राम्रो निन्द्रा लाग्न सहयोग गर्छ भने तौल पनि घटाउन सहयोग गर्दछ ।

२. मरिचः
रातीको खानामा कालो मरिचको प्रयोग गर्नुहोस् । यसमा बोसो पगाल्ने तत्व पाइनुका साथै यसले मेटाबोलिजम रेट पनि बढाउँछ जसले अतिरिक्त बोसो कम गर्न मद्दत गर्दछ ।

३. दहीः
नियमित रुपमा सुत्नुभन्दा पहिले एक कचौरा कम फ्याट भएको दही खानुहोस् । यसमा पाइने प्रोटिनले ‘मसल्स बिल्ड’ गर्नेछ र तौल घटाउन सहयोग गर्नेछ ।

४. हिँड्नुहोस्ः
सुत्नुभन्दा आधा घण्टा पहिले २० देखि ३० मिनेट हिँड्नुहोस् । यसले खाना पचाउन सहयोग गर्दछ र तौल घटाउन मद्दत गर्दछ ।

५. ग्रिन टीः
यसमा एन्टीअक्सिडेन्ट र क्याटेचिन्स हुने भएका कारण यसले मेटाबोलिजमलाई बढाउन सहयोग गर्दछ भने पेटको बोसो कम हुन थाल्छ त्यसकारण सुत्नु पहिले ग्रिन टी पिउनुहोस् ।

६. कागती पानीः
यसले शरिरको टक्सिन टाढा राख्छ जसले बोसो बढाउन दिँदैन । यसले पेटमा जमेको बोसो कम हुन्छ ।

७. पाइनएप्पल र अदुवाको रसः
यी दुबैले मेटाबोलिजमलाई सन्तुलन राख्छ र बोसो पगाल्न मद्दत गर्दछ । यसमा भिटामिन सि हुन्छ जसका कारण शरिरले पूर्ण रुपमा शक्ति पाउँछ ।

८. एलोभेरा जुसः
यसले शरिरमा फ्रि र्याडिकल्सको वृद्धिलाई कम गर्दछ जसले पेटको बोसो कम हुन मद्दत गर्दछ ।

९. हरियो धनियाँको जूसः
यो पिउँदा शरिरको टक्सिन टाढा हुन्छ र पेटको बोसो चाँडै कम हुन्छ ।

१०. काँक्रोको जुसः
यसमा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लामेटरी गुण हुन्छ जसले पेटको बोसो हटाउन सहयोग गर्छ ।

मोटोपनले सतायो  ? सजिलोसँग यसरी घटाउनुहोस् तौल

तपाईं तौल घटाउन चाहनु हुन्छ ? तौल घटाउन भनिएका बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिरलाई फाइदाभन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । यस्तोमा तपाईं बढिरहेको बोसोलाई घटाउनका लागि प्राकृतिक तरिका अपनाउनु लाभदायक हुन्छ ।

१. लसुनः

लसुन एक प्राकृतिक एन्टी बायोटिक र सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् ।

२. पुदीनाः

एक कप मनतातो पानीमा पुदीनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ । पेटको बोसो कम गर्न पुदीना यो उपाय निकै प्रभावकारी हुन्छ ।

३. दालचीनीः

यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचीनीको उपाय तपाईंको लागि फाइदाजनक हुनेछ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ । एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाउनुहोस् । यो पेयलाई दैनिक दुई पटक पिउँदा केही दिनमा नै असर देखिनेछ ।

४. ग्रीन टीः

पछिल्लो केही वर्षमा ग्रिन टी निकै लोकप्रिय भइसकेको छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ ।

५. केराः

यदि तपाईंलाई फास्ट फूड खाने लत लागेको छ तर खान छोड्न चाहनुहुन्छ भने आज देखि नै केरा खान सुरु गर्नुहोस् । केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्दछ जसले तौल कम गर्न सहयोग गर्दछ ।

६. स्याउः

स्याउ खाएर आफ्नो बढिरहेको बोसोलाई तपाईं घटाउन सक्नुहुन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन जसले तौल कम गर्न मद्दत गर्दछ ।

७. ओमेगा थ्री : 

तोफु, पालुङ्गो, चिज, ओखर, अण्डालगायतमा ओमेगा थ्री तत्व पाइन्छन् । यसले तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?