काठमाडौं । आगामी साउन ८ गते बिहीवारबाट सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । यातायात व्यवसायी र सरकारी पक्षबीच सोमवार सवारी साधन सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।
मंगलवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

लामो समयको लकडाउनपछि सरकारले असार २६ गतेबाट देशभर एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाउनेगरी सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया