शाहरुख खानले किन आफ्नो घरलाई प्लाष्टिकले ढाके ?

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस ‘कोभिड -१९’ यतिबेला स्वास्थ्य क्षेत्रकै सबैभन्दा ठूलो चुनौति बनेर उभिएको छ । छिमेकी मुलुक भारतमा यस महामारीको प्रकोप तिव्र रुपमा फैलिएका कारण सेलिब्रिटीहरु पनि नराम्ररी प्रभावित भएका छन् ।

यसैबीच मुम्बईमा कोरोना भाईरसको प्रकोप नरोकिनु र सेलिब्रेटीहरुमा समेत संक्रमण देखिन थालेपछि सेलिब्रेटीहरु सजग हुन थालेका छन् । केही दिनअघि बलिउड महानायक अमिताभ बच्चन, नायक अभिषेक बच्चन, पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चन पनि कोरोनाको सिकार बनेपछि अन्य सेलिब्रिटी विशेष सावधानी अपनाइरहेका छन् ।

यसैबीच बलिउड अभिनेता शाहरुख खानले आफ्नो बङ्गला चारैतिर प्लाष्टिकले छोपेको तस्वीरहरु यतिबेला भाईरल भएका छन् ।India Tv - shah rukh khan mannat viral photosशाहरुख खान आफ्नी श्रीमती गौरी र तीन सन्तानसहित मन्नतमा बसिरहेका छन् । साथै शाहरुखले आफ्नो पाँच तले अफिसलाई कोरोना बिरामीको उपचारका लागि बीएमसीलाई दिएका छन् । शाहरुखले सावधानी अपनाउँदै आफ्नो घरलाई चारैतिर छोपेका छन् । धेरैले उनले कोरोना भाईरसको महामारीबाट बच्न यसो गरेको हुनसक्ने अड्कल काटेतापनि भारतीय मिडियाका प्रकाशित समाचारमा जनाईए अनुसार शाहरुख खानका छिमेकीहरुले उनले कोरोनाबाट नभई वर्षाको डरले ढाकेको बताएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

shah rukh khan mannat viral photos

ति सञ्चारमाध्मका अनुसार उनले त्यो घर २००१ मा किनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?