काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट ६ लाख १३ हजार १३९ जनाको मृत्यु भएको छ भने १ करोड ४८ लाख ५० हजार ४४३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८८ लाख ९८ हजार ७८० जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ८०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच नेपालमा पनि कोरोना भाइरसको प्रकोप बढी रहेको छ ।
अहिलेसम्म नेपालमा कोरोना भाइरसका कारण ४० जनाको मृत्यु भईसकेको छ भने १७ हजार ८४४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ११ हजार ८६८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५ हजार ९३६ जना संक्रमितहरु उपचार गराईरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया