३ जेष्ठ २०७९, मंगलवार

सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध, पहिरोमा ट्रक र कार पुरियो

२०७४,आश्विन,७,शनिवार ०४:४९

0
Shares

पाल्पा, ७ असोज ।तिनाउ गाउँपालिकाको दोभानमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ ।सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको दोभानको डेढबक्समा गए राति सडकमाथिबाट ठूलो पहिरो खस्दा यातायात सञ्चालन हुन सकेको छैन । सडक अवरुद्ध बनेपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, पर्वतलगायतका सवारीसाधन बुटवल जान सकेका छैनन् ।पाल्पाको सिद्धबाबा थान नजिकै पहिरो खस्दा एक एक ट्रक र कार पुरिएका छन् । लु १ च ७९९४ नं.को सो कारमा यात्रा गर्ने दुई जना घाइतेलाई बुटवल अञ्चल अस्पतालमा लगिएको छ । अन्य दुई जनाको भने उद्धार भइरहेको छ । ना ३ ख ६१९१को ट्रकबारे भने पूरै खबर प्राप्त भएको छैन ।बुटवलबाट पाल्पातर्फ सवारी चल्न नसक्दा दशैँका यात्रु बाटामा नै अलपत्र परेका छन् । पाल्पाबाट दूध तथा तरकारी बोकेर जाने सवारीसाधन बाटामा रोकिएको स्थानीय बासिन्दा बताउँछन् । दोभान प्रहरी कार्यालयका प्रहरी हवल्दार तारा फौजाले एउटा डोजरले माटो र ढुंगा फालिए पनि पहिरो हटाउन समय लाग्ने बताउनुभयो । माटो र ढुंगासहितको पहिरो यस क्षेत्रमा वर्षेनी खस्दा जोखिम बढेको र मानवीय क्षति रोक्न नसकिएको स्थानीयवासीको गुनासो छ । 

प्रकाशित मिति: २०७४,आश्विन,७,शनिवार ०४:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका एमालेका उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्नेछन् । मतदानका

सिराहा । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न

१  भोलि निर्वाचन, देशैभर मतदान हुने, स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगद्वारा जानकारी २  काठमाडौं महानगरमा १५६

१  मतदान गर्न अब २ दिन बाँकी, मौन अवधि कायमै, सबै सीमा नाकाहरु बन्द, सुरक्षा व्यवस्था चुस्त २  आज र

ताजा समाचार