काठमाडौं । विश्व यतिबेला कोरोना महामारीको कारण आक्रान्त बनेको छ । विश्वभरमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिकामा देखिएको छ । त्यस्तै ब्राजिल, भारत, रसिया र दक्षिण अफ्रिकामा कोरोना संक्रमण उच्च देखिएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४३ हजार ५ सय १५ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २७ हजार ३ सय ३६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३९ लाख २५ हजार ८ सय ८६ पुगेको छ । हालसम्म १८ लाख १४ हजार १ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ५ सय ५० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय २६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा २ हजार ६ सय ६३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २१ लाख २ हजार ५ सय ५९ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ७९ हजार ५ सय ९० जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १३ लाख ७१ हजार २ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ५७ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ९२ पुगेको छ । बितेको २४ घण्टामा ३५ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ११ लाख ५३ हजार ५ सय ८३ पुगेको छ । हालसम्म ७ लाख २४ हजार ५ सय ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ५ सय ८९ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ४ सय २७ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ९ सय ४० जनामा कोरोना पुष्टि भएको र ८५ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ७ लाख ७७ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख ५३ हजार ६ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार ३३ पुगेको छ । हालसम्म ३ लाख ६४ हजार ३ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा त्यहाँ कोरोनाको कुनै असर देखिएको छैन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख १० हजार ८ सय ३९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ४७ लाख ५० हजार ३२ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ८८ लाख ५ हजार ५ सय ६६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार ७ सय १ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया