काठमाडौं । फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी ओर यस वर्ष प्रदान नगरिने भएको छ । कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै यस वर्षको अवार्ड स्थगित गरिएको फ्रेन्च फुटबलले जनाएको छ ।
कोरोनाबाट प्रभावित हुने राष्ट्रमा फ्रान्स पनि एक हो । कोरोनाकै कारण फ्रेन्च लिग रद्द भएको थियो । सन् १९५६ पछि पहिलो पटक २०२० मा यस वर्ष बालोन डी ओर प्रदान नगरिने भएको हो ।
अवार्डको ६४ वर्षे इतिहासमा पहिलोपटक कुनैपनि खेलाडीलाई अवार्ड प्रदान गरिने छैन । बालोन डी ओर अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सर्वाधिक ६ पटक हात पारेका छन् । यस्तै, रोनाल्डोले ५ पटक अवार्ड हात पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया