गण्डक ब्यारेजमा खतराको घण्टी, सबै ढोका खोलियो

काठमाडौं । अविरल वर्षासँगै नारायणी नदीमा पानीको बहाव उच्च भएको छ । योसँगै पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाल–भारत सीमामा रहेको गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।

नदीको सतह खतराभन्दा माथि पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको गण्डक ब्यारेजका तारा सिहंले बताए । सोमबार ९ बजे ब्यारेजमा तीन लाख १५ हजार क्यूसेक पानी प्रवाह भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?