काठमाडौं । नेपालमा थप १ सय ७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगे नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ११ हजार ८ सय ६८ पुगेको छ ।
नेपालमा थप १ सय ७३ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार नेपालमा आज (सोमवार) थप १८६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ८४४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ । नेपालमा हिजो (आईतवार) १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कुन प्रदेशमा कति भए संक्रमणमुक्त ?
प्रदेश १ मा ७५२ जना
प्रदेश २ मा २६९७ जना
वाग्मती प्रदेश ४५१
गण्डकी प्रदेशमा १००४ जना
प्रदेश ५ मा ३७७१ जना
कर्णाली प्रदेशमा १५२२ जना
सुदूरपश्चिम प्रदेशमा १६७१ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया