काठमाडौं । नेपालमा आज (सोमवार) थप १८६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ८४४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालका यी ३ जिल्लामा ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित रहेका छन् ।
यी हुन् ५०० भन्दा बढी संक्रमित भएका ३ जिल्ला
- रौतहट
- बाजुरा
- कैलाली
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १७३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ८६८ पुगेको छ ।
नेपालमा हिजो (आईतवार ) १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया