प्रमुख प्रशासकीय अधिकृत र ओभरसियर घुस लिँदालिँदै रंगेहात पक्राउ

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तान पक्राउ परेका छन् ।

सेवाग्राहीसँग रकम लिँदालिदै उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धात आयोगका प्रवक्ता एवंं सूचना अधिकारी तारानाथ अधिकारी अनुसार सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिइरहेको अवस्थामा रंगे हात नियन्त्रणमा लिइएको हो ।

अहिले नगरपालिका कार्यालय सिल गरेर अनुसन्धान भइरहेको छ । अख्तियार र प्रहरीको संयुक्त टोलीले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?